राज्य सरकारद्वारा पूर्व घोषित कार्यक्रम आमादेर पाडा आमादेर समाधानको पहिलो शिविर शनिबार अलिपुरद्वार जिल्लाको अलिपुरद्वार, कुमारग्राम, फालाकाटा, मदारीहाट र कालचिनी विधानसभा क्षेत्रका केही क्षेत्रमा सम्पन्न भयो।
यस क्रममा कालचिनी खण्डको कालचिनी ग्राम पञ्चायतको भाटपाडा ए अच्छापाडा फूटबल मार्ट, गारोपाडा ग्राम पञ्चायतको बंगबारी र लोथाबारी ग्राम पञ्चायतको हेमिल्टनगञ्ज स्पेशल क्याडर नेपाली स्कूल मिलाएर जम्मा 8 वटा बूथहरूमा आमादेर पाडा आमादेर समाधानको पहिलो शिविर सम्पन्न भएको कालचिनी बीडीओ मिथुन मजुमदारले जनाएका छन्।
Leave a Comment